मन्दिरमा पसेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बाजुरा: दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन्।

 त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा बाजुराकै बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।

सुनारले निवेदन दिएपछि वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनका अनुसार कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका डीएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]