१३ असोज, काठमाडौँ । मंगलबारदेखि सेयर बजार परिसूचकमा निरन्तररुपमा सुधार आइरहेको छ । आज पनि सेयर बजार परिसूचक नेप्से दाहोरो अंकले बढेर १६.२९ मा पुगेको छ । नेप्से ०.८९ प्रतिशतले बढेर आज १८५३.७९ को बिन्दुमा पुगेको छ ।
२२३ कम्पनीका १४ हजार २९८ कारोबारमा ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँको १७ लाख ९१ हजार ४८० कित्ता सेयर किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले बढेर ३६२.४२ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये लगानी उपसमूह बाहेकको समूहगत सूचक पनि बढेको छ ।
म्युचुअल फन्ड उपसमूहको १.२६ प्रतिशत, उत्पादन तथा प्रसोधन उपसमूहको १.२४ प्रतिशत, माइक्रोफाइनान्स समूहको समूहगत परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढको छ भने जीवन बिमा उपसमूहको ०.०६ प्रतिशले घटेको छ ।
त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको सयेर ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । दोस्रो स्थानमा रहेको गुरास लघुवित्त वित्तीय संस्थाको सयेर ५.७६ प्रतिशत बढेर कारोबार बन्द भएको छ ।
यस्तै, आज साम्लिङ पावर कम्पनी लिमिटेडको ७.९४ प्रतिशतले घटेर कारोबार बन्द भएको छ ।









