उकालो लाग्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१३ असोज,काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर आज एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]