१२ असोज, काठमाडौँ । हाल नेपालमा कोभिड १९ को संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ वटा नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भेटिएको हो । कोरोना संक्रमणका कारण आज एक जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।
आज ५२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









