१२ असोज, काठमाडौँ । आज सेप्टेम्वर २८ तारिक विश्व रेविज विरुद्धको दिवस । नेपालमा ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । विश्व रेबिज विरुद्धको दिवस सन् २००७ देखि मनाउन सुरु गरिएको हो ।
मुख्यत:बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट पनि यो रोग सर्ने गरेको पाइन्छ । अर्थिक वर्ष २०७७/०७८ मा २ लाख ९५ हजार भाइल रोविज विरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ ।
बहुला, शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार हो ।
[sidebar name="button post"]









