राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

काठमाडौ: नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिटको पेसी न्यायाधीश हरि फुँयालको इजलासमा सुनुवाइ हुने भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट च्यूत भएको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध गत बिहीबार पाँचवटा रिट सर्वोच्च अदालतमा परेको थियो ।

उनीहरूविरुद्ध बिहीबार छुट्टाछुट्टै मुद्दा परेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध त पाँचवटा रिट परेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो।

संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएका हुन्।  सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग रिटमा गरिएको छ ।

[sidebar name="button post"]