काठमाडौं । नेकपाको सरकारका बेला प्रहरी नेतृत्व सम्हालेका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् ।
काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर स्वागत गरेका हुन्। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् । खनाललाई बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। उनले एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो।









