काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन्।
संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।












