ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी

ललितपुर: ललितपुरको धोविघाटस्थित एक कवाडी ग्यारेजमा आगलागी भएको छ।

धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो।  आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ।आगलागीमा परी दुई भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ।

चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते भएका छन् । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

[sidebar name="button post"]