सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा

काठमाडौं ।  सर्वोच्च अदालतमा आज पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन रोकेको थियो।

सर्वोच्च अदालत बाहिर आज विभिन्न समुहले प्रदर्शन गर्ने सूचनाको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यसअघि आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च फर्किने बताए पछि सुरक्षा सतर्कता बढाइएको थियो ।

महाभियोग दर्ता भएपछि फागुन १ गतेदेखि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्यकाल सकिएको र त्योसँगै आफ्नो महाभियोगको प्रस्ताव पनि निष्क्रिय भएको दाबी गर्दै आएका छन्।

चोलेन्द्रले संसदको कार्यकाल सकिएसँगै महाभियोग प्रस्ताव निस्क्रिय भएको भदै सर्वोच्च फर्किने प्रयास गरिरहेका छन् ।राणाले आफ्नो महाभियोग निष्क्रिय भएको दाबी गरेपनि कानून मन्त्री गोविन्द बन्दीले राणाले निलम्बन फुकुवा भएको र महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र ल्याउनुपर्ने बताउँदै आएका छन्। अन्यथा उनी सर्वोच्च फर्कन नमिल्ने उनको दाबी छ।

[sidebar name="button post"]