बझाङ: नेपाली कांग्रेस बझाङले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीसंग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रसंग भने गठबन्धन गरेर चुनावमा जाने कांग्रेस बझाङका सभापति खडक बहादुर बोहराले बताए। सभापति बोहराका अनुसार जिल्लामा जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो स्थानमा छन् ।
जिल्ला सभापति बोहराले विज्ञप्ति जारी गर्दै बझाङ जिल्लाभरबाट सबै कांग्रेसजनबाट प्राप्त सुझावको आधारमा माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी दिएका हुन् ।
बझाङ एकीकृत समाजवादीका नेता भानुभक्त जोशीको गृहजिल्ला समेत हो। तर आफूहरुको इमान्दारीतालाई कमजोरी ठानी केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी एकल निर्णयका साथ अगाडि बढेका गुनासाहरु पनि व्यापक रहेको पनि सभापति बोहोराको विज्ञप्तिमा उल्लेख छ ।










