टुकुचामाथिका संरचना नभत्काउन उच्च अदालतकाे आदेश

sdnfbL l:yt nlId a}+s / g]kfn xfp; /]i6'/]G6 /x]sf] ejg kl/;/ zlgaf/ dxfgu/kflnsfn] 8f]h/sf] ;xfotfn] vf]tNbF e]l6Psf] 6's'rf vf]nf . vf]nfsf] axfa IF]q kQf nufP/ vf]tNbf vf]nf e]l6Psf] dxfgu/kflnsf n] atfPsf] 5 . tl:a/ M x]dGt >]i7

उच्च अदालत पाटनले टुकुचा नखोल्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौँ महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो । यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।
[sidebar name="button post"]