थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]