शनिबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस

२८ जेष्ठ, काठमाडौँ। काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।

भूकम्पको ठूलै झट्का महसुस भएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

[sidebar name="button post"]