बढ्यो हवाईभाडा, अब कहाँको कति?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले पनि बुधबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको छ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट धनगढी पुग्न अब अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ। यो रुटमा ४४५ रुपैयाँ भाडा बढेको छ।

यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको संघले जानकारी गराएको छ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ ।

[sidebar name="button post"]