सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै विद्यालयहरुमा पनि साताको दुई दिन बिदा दिने

सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै विद्यालयहरुमा पनि साताको दुई दिन बिदा दिने निर्णय सरकारले गरेको छ।

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय बुधबार गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार जेठ १ गतेदेखि लागू हुनेगरी  बुधबार यस्तो निर्णय भएको हो।

शिक्षामन्त्री स्तरीय निर्णयमा हिउँदे बिदा, बर्षे बिदा र पर्व बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको छ। त्यस्तै. शुक्रबार भने पूरा दिन पढाइ गर्ने निर्णय पनि भएको छ।

[sidebar name="button post"]