बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठदेखि बैंक तथा वित्तीय संस्थामा पनि उक्त निर्णय लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ। जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ। तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।

सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततासहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

[sidebar name="button post"]