पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

२७ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण तथा १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने सोहि अवधिमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हाल देशभर १८५ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]