राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

२५ वैशाख, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

[sidebar name="button post"]