पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण

१९ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षण र ९२२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने सोहि अवधिमा १८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]