कति छ आज सुनको मूल्य

१८ बैशाख,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार छापावाल सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ९९ हजार २ सय हजार रुपैयाँमा कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । गत शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले घटेर एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]