Ad #144479

११ वैशाख, काठमाण्डौ। मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाण्डौ उपत्यकामा वितरण सुरु भएकाे छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । सफाइ र मर्मतपछि २९ चैतमा काठमाण्डौ तर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।