इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले स्तब्ध पारेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० ले पराजित गरेको हो । उसको जितमा पाँचौँ मिनेटमा डियाज, २२ र ८५ औँ मिनेटमा मोहम्मद सालह र ६८ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।
जितसँगै लिभरपुल को ३२ खेलबाट ७६ अंक भएको छ। दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ । पराजित भएको म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५४ अंक छ ।












