४ चैत्र, काठमाण्डौ। कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेबाट हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने जनाएका छन् । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।




[sidebar name="button post"]











