२८ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने १९२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









