कोरोनाको लक्षण नदेखिएकालाई पीसीआर गराउन आवश्यक नभएको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन निर्देश गरेको छ ।
शुक्रबार मन्त्रालयका सह–प्रववक्ता डा. समीरकुमार अधिकारी जारी गरेको विज्ञप्तिमा कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन भनिएको छ ।
स्वास्थ्यकाअनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य हुने छैन ।
मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपमात्रै १५ लाख बढीले लगाएका छन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाइसकेका छन् ।









