राष्ट्रपतिसमक्ष राजदूतको पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनलाई राष्ट्राध्यक्षसमक्ष शपथ लिनुभएको हो ।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
[sidebar name="button post"]