१० फाल्गुन, काठमाण्डौ। आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।
मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ।
विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको कप्तान सन्दीप लामिछानेले बताएका छन्।
यूएईलाई पराजित गर्दै नेपाल फाइनल पुगे आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ।
[sidebar name="button post"]









