६ फाल्गुन, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।












