Ad #144479

५ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना मुक्त भएका छन् भने ६ जनाको कोरोनाबाट मृत्यु भएको छ

हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।