Ad #144479

३ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन्।