१ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप १० हजार ११५ जनामा परीक्षण गर्दा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६ हजार ३७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टीजेन परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको कोरोनाबाट मृत्यु भएको छ।
त्यस्तै देशमा हालसम्म २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।












