Ad #144479

२५ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन्।