१५ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५९२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्।
[sidebar name="button post"]











