१४ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]











