१३ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१५ हजार ७३६ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]











