१२ माघ, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य बढेको छ । कारोबारको चौथौ दिन बुधबार छापावाला सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ९ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।












