६ माघ, काठमाण्डौ। लोकसेवा आयोगले पनि पूर्वनिर्धारित सबै लिखित परीक्षा स्थगित गरेको छ।
आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो ।
लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।












