२४ घण्टामा थपिए ११ हजार ३५२ जना कोरोना संक्रमित

५ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

[sidebar name="button post"]