३ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५४७ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन्।
[sidebar name="button post"]











