पनौतीमा १२ वर्षे ‘मकर मेला’ (फोटो फिचर)

ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरूप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन्।

नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरूप पनौतीस्थित सचीतीर्थ-त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो।

मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।

बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ। मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन्।

फोटो : प्रल्हाद अधिकारी

 

[sidebar name="button post"]