Ad #144479

२८ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ जनाको पीसीआर परीक्षणमा २४४८ र ३ हजार ९८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२७ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन्।