Ad #144479

२७ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ५२२ सक्रिय संक्रमित छन्।