Ad #144479

२६ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ भने २५५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ८५५ सक्रिय संक्रमित छन्।