२५ पौष, काठमाण्डौ। नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।
महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ ।












