२० पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
देशमा हालसम्म ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]











