५.५१ अङ्कले बढ्यो नेप्से परिसूचक

१४ पौष, काठमाण्डौ। साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ५.५१ अङ्कले बढेर २ हजार ५२४.५० विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ०.२६ अंकले बढेर ४७१.२४ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नबिल बैंक र मन्जुश्री फाइनान्सको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ बाट उपसूचकमध्ये ८ उपसुचक बढेको छ भने ५ उपसुचक घटेको छ। बुधबार सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत र नेपाल बंगलादेश बैंकका लगानीकर्ताले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

[sidebar name="button post"]