१२ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २२५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ४ हजार ९३१ सक्रिय संक्रमित रहेका छन्।












