नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ संक्रमण

७ पौष, काठमाण्डौ। नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो ।

[sidebar name="button post"]