पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना संक्रमण

२८ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ र ४ हजार ३१७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३६२ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]